झापा । प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता र मन्त्रीहरु निमार्णाधीन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् ।
निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरुको टोली निजगढ पुगेको हो ।
प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरु निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ पुगेका हुन् ।





