खोलाले बगाएर झापा बिर्तामोड १ का एक बालकको मृत्यु


१८ असार २०७९, शनिबार १२:०९ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका ८ मा रहेको पिकनिक स्पटमा घुम्न गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलीको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् ।

शुक्रबार दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराएर बेपत्ता भएका थिए ।

हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षीणमा बालकको मृत अवस्थामा भेटिएको थियो।

उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here