विदेशमा ग्रिनकार्ड र पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवार मान्न नसक्ने स्वतन्त्र उम्मेदवारी अभियानको प्रस्ताव


१८ असार २०७९, शनिबार १५:५६ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले बिदेशमा ग्रिनकार्ड र पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवार मान्न नसक्ने प्रस्ताव गरेको छ ।

शनिबार ललितपुरमा आयोजना गरेको स्वतन्त्र उम्मेदवारको प्रथम भेलामा प्रस्तुत अवधारणा पत्रमा ग्रिनकार्ड र पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न नसकिने प्रस्ताव गरिएको हो ।

त्यस्तै अवधारणा पत्रमा उल्लेख उम्मेदवारका मापदण्डहरुमा भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने, प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चूनाव लड्ने घोषणा गरेकै दिन सम्पति विवरण सार्वजनिक गर्नुपर्ने, पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने लगाएका छन् ।

त्यस्तै अभियानले विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने प्रस्ताव पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here