पाँचथर पहिरो अपडेटः बेपत्ता तीन जनामध्ये एक जना मृत भेटियो, दुई जना अझै बेपत्ता


१८ असार २०७९, शनिबार ०९:०६ मा प्रकाशित

पाँचथर । फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिहिदिनमा गएराति पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन् ।

बेपतामध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको प्रहरीले बताएको छ । उहाँकी बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वषीए भतिजी एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ ।

बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ । स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाएको हो ।

दलप्रसाद सकुशल छन्। बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । मृतक तथा बेपत्ता हुनेहरू एकै परिवारका सदस्यहरू हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here