पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता


१८ असार २०७९, शनिबार ०७:२८ मा प्रकाशित

फिदिम । अविरल वर्षाका कारण पाँचथरमा पहिराेले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।

जिल्लाकाे फालेलुङ गाउँपालिका-७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्।

रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।

शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रूपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो।

उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रहरीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here