पोखरीमा डुबेर बालकको मृत्यु


१७ असार २०७९, शुक्रबार ११:४६ मा प्रकाशित

झापा । झापा कचनकवल गाँउपालिका ४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बुको माछा पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो साढे १२ बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटि गई उद्धार गरी उपचारको लागी पब्लिक केयर अस्पताल बनियानी पुर्याउन साथ बालकको मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here