करेन्ट लागेर दुई जनाको मृत्यु


१७ असार २०७९, शुक्रबार ११:५८ मा प्रकाशित

विराटनगर । धनकुटा र सुनसरीमा हिजो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

हिजो साढे १० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको हो ।

यसै गरी हिजै दिउसो सवा १ बजे सुनसरीको ईनरुवा नगरपालिका १ पुर्व टोल का ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here