झापाको बुद्धशान्ति ५ मा हात्ती मृत भेटियो


१७ असार २०७९, शुक्रबार ०८:०७ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति -५ आयाबारीमा एउटा दँतार हात्ती मृत भेटिएको छ।

स्थानीयबासी मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ।

हात्ती मृत भेटिएको स्थान अहिले बनका कर्मचारी तथा प्रहरीको सुरक्षा घेरामा छ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here