राप्रपाले बोलायो केन्द्रीय समिति बैठक


१७ असार २०७९, शुक्रबार ०७:४० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि असार पहिलो साता केन्द्रीय समिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here