कस्तो रहन्छ आजको मौसम ?


१७ असार २०७९, शुक्रबार ०७:३१ मा प्रकाशित

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।

मौसम पूर्वअनुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ। देशका अन्य धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षा र देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । साथै केही राजमार्गमा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here