ऐतिहासिक साङ्ग छोलिङ गुम्बा पुनः निर्माणमा समस्या


१५ असार २०७९, बुधबार १८:३८ मा प्रकाशित

 नमीन ढकाल । इलामको माईजोगमाई १ मा अवस्थित ऐतिहासिक महत्वको साङ्ग छोलिङ गुम्बा पुनः निर्माणमा बजेट अभाव भएको छ । २०७२ को भुकम्पबाट पूर्णरुपमा क्षति पुगेको गुम्बाको पुनः निर्माणका लागि श्रोत अभाव भएको हो ।

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबवारबाट एक किलोमिटरको दुरीमा पर्छ साङ्ग छोलिङ गुम्बा । पर्यटकीय आकर्षणको केन्द्रको रुपमा रहेको गुम्बा २०७२ को भुकम्पकले पूर्णरुपमा क्षति पुगेको थियो । बिक्रम सम्बत १९४० सालमा निर्माण भएको गुम्बामा नेपाल र भारतका पर्यटकहरुको भ्रमण गर्दै आएका छन् ।

ऐतिहासिक महत्वको गुम्बा पुनः निर्माणका लागि श्रोत अभावले गर्दा निर्माणमा समस्या भएको छ । गुम्बाका कलात्मक आकृति पर्यटक तान्ने माध्यम भएका छन् । २०७२ सालको भुकम्पबाट पूर्णरुपमा क्षति पुगेको गुम्बाको अहिले पुनः निर्माण हुँदै आएको छ ।
५ करोड लगानी गरि पुनः निर्माण गर्ने योजना रहेपनि अहिलेसम्म ३ करोड रुपैयाँमा मात्रै संकलन भएको छ । रङरोगन र कलात्मक कृति बनाउन अहिले गुम्बामा अर्थ अभाव रहेको गुम्बाका अध्यक्ष पेम्बा लामाले बताउनुभयो ।

गुम्बाको पुनः निर्माणमा श्रोत अभाव भएपति दाताको सहयोगमा श्रोत संकलन गर्ने कामपनि हुँदै आएको छ । यहाँ लामा शिक्षाको पनि अध्ययन गरिन्छ । गुम्बामा नेपाल, भारत, भुटानसम्मका विद्यार्थीहरुले लामा शिक्षाको अध्ययन गर्दै आएका छन् ।
ऐतिहासिक महत्व र आकर्षक बनावटले गर्दा पर्यटकको घुमफिरको केन्द्र बनेको छ साङ्ग छोलिङ गुम्बा । गुम्बा परिसर क्षेत्रमा पूर्वाधार थप गरि माईजोगमाई गाउँपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना रहेको अध्यक्ष जीत बहादूर राईले बताउनुभयो । शिक्षा मन्त्रालय मार्फत गुम्बामा आधारभुत तहको अध्ययन पनि गरिन्छ । लामा शिक्षासँगै आधुनिक शिक्षा समेत अध्यापन गराइदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here