काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
बुधबार सिंहदरबारमा मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने भन्दै सवै प्रकारको तयारीमा रहन निर्देशन दिनुभयो ।
विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न पनि उहाले निर्देशन दिनुभयो । उहाँले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको धारणा राख्नुभयो ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत रुपले परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।





