काठमाडौँ । सरकारले हरेक क्षेत्रमा भएको अस्वभाविक मूल्यबृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सवै तहको संयन्त्र परिचालन गरि एकै पटक एकै समयमा मूल्यबृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिनुभएको हो ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिलाई बहाना बनाएर अस्वभाविक मूल्यबृद्धि गर्नेमाथि अंशुक लगाउदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको उहाले बताउनुभयो ।
मन्त्री बडूले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियमक निकायसंगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सवै पालीकाका प्रतिनिधिहरुसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँले उपभोक्ताले थाहा पाउने गरि अनुगमनको जानकारी सात सात दिनमा सार्वजनिक गरिने बताउनुभयो ।
त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थमन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पार्नुभयो ।





