बिर्तामोडमा नमूना युवा संसद अभ्यास प्रशिक्षण सम्पन्न


१४ असार २०७९, मंगलवार २१:४१ मा प्रकाशित

झापा ।   बिर्तामोड नगरपालिकाले आयोजना गरेको नमूना युवा संसद अभ्यास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । असार ११ गते देखि शुरु भएको प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

प्रशिक्षणमा १० वटा युवा क्लवका २६ जना प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । सक्रियापुर्वक सहभागि प्रशिक्षार्थीहरुले नगरसभा सञ्चालनको अभ्यास गरेका छन् । राष्ट्रिय युवा परिषदका मुख्य प्रशिक्षक रमेशकुमार पौडेल, शिक्षा अधिकृत जानुका रेग्मी काफ्ले र पुजा कडेलले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

युवा दर्शन,चुनावी प्रक्रीया,नगर सभा सञ्चालन लगायतका विषयमा प्रशिक्षण गराइएको शिक्षा अधिकृत रेग्मीले जानकारी दिनु भयो । उनीहरुले युवा कार्यविधिका विषयमा समेत छलफल गरेका छन् । मंगलबार आयोजना भएको नमूना युवा नगरसभाको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शिक्षा अधिकृत दिनेश आचार्य,कार्यपालिका सदस्य यामुना आचार्य,जगतवन्धु राजवंशी,संगीता सिवा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले अवलोकन गरेका थिए ।

युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि स्थानीय तहहरुले युवा क्लब गठन गरेर युवा संसद अभ्यास लगायत विभिन्न प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here