झापा । विर्तामोडमा ‘मिस्टर एण्ड मिस झापा’ प्रतियोगिता हुने भएको छ ।
काठमाडौंमा रहेको ग्रेस इभेण्ट्सको आयोजनामा झापामा प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।प्रतियोगितामा २५ जनालाई मात्र सहभागिता गराउने ग्रेस इभेण्ट्सका प्रवन्ध निर्देशक अभिषेक निरौलाले जानकारी दिनु भयो ।
प्रतियोगि छनोटका लागि जेठ १८ गते विर्तामोडमा अडिसन राखिएको कार्यक्रम संयोजक विजय केसीले बताउनु भयो । असार १४ गते ग्राण्ड फिनाले गर्ने योजनाका साथ आयोजना गरीएको यस प्रतियोगिता विजेताले पहिलो,दोश्रो र तेश्रो क्रमस ७० हजार,५० हजार र ३० हजार नगद र विभिन्न आकर्षक पुरस्कार पाउने आयोजक संस्थाकी अध्यक्ष कृतिका शिवाकोटीले बताउनु भयो ।
अडिसनबाट छनोट भएको हरुलाई बन्दशत्रमा राखेर व्याक्तिव विकास,उद्घोषण लगायत विभिन्न प्रकारका तालिमहरु प्रदान गरीने आयोजक संस्थाका रोचक बस्नेतले जानकारी दिनु भयो ।





