झापा । प्रथम विर्तामोड गोल्डकप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
रेड स्टार फुटबल क्लव भापाको आयोजनामा जेठ २१ देखि २८ सम्म विर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता संञ्चालन हुने भएको हो ।प्रतियोगितामा झापा,ईलाम,पाँचथर,मोरङ र सुनसरी का बिभिन्न ८ वटा टिमले प्रतिस्पर्दा गर्ने बिहिबार आयोजीत पत्रकार सम्मेलनमा आयोजक रेड स्टार फुटबल क्लबका अध्यक्ष राजकुमार विश्कर्माले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १ सय ११ र उपविजेताले ७५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न १९ लाख ११ हजार २ सय २२ रुपैयाँ खर्च हुने बताईएको छ ।





