नेपालमा करिब ९० लाखजनाले धुम्रपान गर्ने गरेको तथ्याङ्क


१६ जेष्ठ २०७६, बिहीबार १८:२१ मा प्रकाशित

‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे मनाउने सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संघ र निर्देशनालयले बिहिबार काठमाडौंमा जनतामा सुर्तीजन्य पदार्थ र यसको सेवनले हुने असर र भविष्यमा यसको रोकथामको बारेमा सुसुचित गर्ने उद्देश्यले मिडियासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्रीबहादुर खड्काले नेपालमा करिब ९० लाख अर्थात ३० दशमलव ८ प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्याङ्क रहेको बताउनुभयो ।

उहाँका अनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् ।त्यस्तै, उहाँले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि बताउनु भयो ।खड्काले कुल क्यान्सर रोगका कारण विरामी हुने नेपालीहरुको संख्या ३.५ प्रतिशत रहेकोमा त्यही तथ्याङ्कलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको बताउनु भयो ।

त्यस्तै, नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु कारण भैरहेको पनि खड्काले तथ्यांक रहेको जानकारी दिनु भयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here