एकता राष्ट्रिय अभियानमा १२ जना पदाधिकारी, एकल अध्यक्ष, सहीत ७ उपाध्यक्ष


१४ असार २०७९, मंगलवार १७:१५ मा प्रकाशित

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी १२ जना पदाधिकारी रहने भएका छन्। गौतम नेतृत्वको पार्र्र्र्टीले रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टी र पदाधिकारीको घोषणा गरेको हो ।
एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने एकता अभियानका नेता निमकान्त पाण्डेले बताउनु भयो ।

पाण्डेका अनुसार सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन्। अहिले सो पार्टीको संयोजकमा वामदेव गौतम, सचिवमा डिबी काकी र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनु भएको छ ।

नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका गौतमले नयाँ पार्टीको घोषणा गर्नु भएको हो ।एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भई एमाले समेत विभाजन भएको अवस्थामा बाम एकता गराउने भन्दै लामो समयदेखि प्रयास गरिरहेका गौतम यसमा असफल भएपछि नयाँ पार्टी दर्ता गराउन लागेका हुन् ।

उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक पनि हुन् । गौतमले मंगलबार नयाँ पार्टीका रुपमा यसैलाई घोषणा गर्दैछन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here