सुदूरपश्चिमबाट बुद्ध एअरको पहिलो उडान


१४ असार २०७९, मंगलवार १५:२३ मा प्रकाशित

डोटी । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले आज मङ्गलवारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको गेटा विमानस्थलबाट पहिलो उडान सुरु गरेको छ ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमान सञ्चालक कम्पनीहरूले आफ्नो बेस लिएका ठाउँबाट पहिलो उडान भर्नुपर्ने निर्णय लागू गर्नुभएको थियो । त्यहीअनुसार बुद्ध एअरले गेटा विमानस्थलबाट आज बिहान काठमाण्डौका लागि पहिलो उडान भरेको हो ।

आफ्ना सबै उडान काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्धले आजदेखि धनगढी–काठमाण्डौ पहिलो उडान सुरु हो । उहाँका अनुसार बुद्ध एअरले आज बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्ने तालिका तियो तर मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा काठमाण्डौका लागि उडेको थियो ।

बुद्धले गेटाबाट उडान भर्न सुरु गरेपछि यहाँका यात्रुलाई निकै सहज भएको छ । बुद्ध एअरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट काठमाण्डौका लागि उडान भर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here