सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउने एकीकृत समाजवादीका अध्यक्ष नेपालको दावी


१३ असार २०७९, सोमबार १५:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका गर्नु भएको छ ।

सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गर्नु भयो । झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गर्दा ९ लाख मत पाएको जिकिर गर्दै सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने दावी गर्नु भयो ।

कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुने उहाँले बताउनु भयो ।

नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिनु भयो । ‘अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ ।

त्यो हो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ,’ नेपालले भन्नु भयो ।
उहाँले संघीय निर्वाचन क्षेत्रका १६५ र प्रदेशसभातर्फका ३३० सिटमा नै उम्मेदवारी दिने गरी तयारी थाल्न समेत निर्देशन दिनु भयो । दुवै निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मत चाहिने भन्दै नेपालले उक्त मत बढाउनेतर्फ ध्यान दिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here