काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो ।
सो क्रममा उहाले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफुले सवैसंग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अबधीमा नजिता देखिने गरि काम गर्ने पनि बताउनुभयो ।
उहाँले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राख्नुभयो ।





