पर्यटन क्षेत्रमा कोरोनाले परेको प्रभावको अध्ययन प्रतिवेदन कार्यान्वयन हुने


१३ असार २०७९, सोमबार १५:२८ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका बिषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरुलाई कार्ययोजनाकै ढंगले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै उहाँले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गर्नुभयो । मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभाबित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो । पर्यटन क्षेत्रलाई चलायमान बनाउने कामलाई उच्च प्राथमिकता दिने उहाँको भनाई छ ।

उहाँले सवै कर्मचारी लगाएतको साथ लिदैं कार्यसम्पादनलाई अघि बढाउने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here