तनहुँमा खोलाले बगाएर बालिकाको मृत्यु


१३ असार २०७९, सोमबार १३:३३ मा प्रकाशित

तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँचसय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनु भयो ।
बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थियो ।

घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदी खोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पुर्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here