मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी


१३ असार २०७९, सोमबार १३:३२ मा प्रकाशित

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसंगको सम्बन्ध थप प्रगाढ भएको दावी गर्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको समेत बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि समेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको उहाको भनाई छ ।

मन्त्री खड्काले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here