काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गर्नु भएको छ । पदबहालीको क्रममा उहाँले दुई वटा निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।
स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उहाँले हस्ताक्षर गर्नु भएको छ ।
स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९ ÷८० का लागि बजेटसमेत छुट्याएको छ ।
यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिनु भयो ।
यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको मन्त्री जीवनराम श्रेष्ठको भनाइ रहेको छ ।





