पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
हिजो बेलुका सवा ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल ५ का ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमै मृत्यु भएको हो । घाईते भएका पाचँथर फाल्गुनन्द गाँउपालिका एक का ३५ बर्षीय भिष्म केरुङको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।





