लागुऔषध गाँजा सहित ३ जना पक्राउ


१३ असार २०७९, सोमबार ११:१९ मा प्रकाशित

मोरङको सुन्दरहरैचा नगरपालिका ५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका ८ का  ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र  २९ बर्षीय  बाला राई रहेका छन ।

हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले  शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा  ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here