पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन


९ असार २०७९, बिहीबार १६:५८ मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण महङ्गी बढेको र यसका कारण जनताको जनजिवन प्रभावित भएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । त्यस्तै प्रदर्शनमा सहभागीहरुले मिटर व्याजी सुदखोरलाई कारवाही गर्नुपर्ने र राष्ट्रघाती एसपीपी अस्वीकार गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here