विर्तामोड । बिमली समाज नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन झापाको विर्तामोडमा सम्पन्न भएको छ ।
समाजका कार्यवाहक अध्यक्ष श्री कृष्ण बिमलीको अध्यक्षतामा भएको यस अधिवेशनले झापा विर्तामोडका श्री युवराज बिमलीको अध्यक्षतामा आगामी ३ वर्षका लागि २७ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।
समाजका सदस्य श्री शंकर बिमली काठमाण्डौले संचालन गरेको उक्त कार्यक्रममा श्री शान्तिराम बिमली काठमाण्डौ ले संस्थाको गतिविधिको मूल्यांकन र अबको कार्य दिशाको वारेमा गहन विचारहरु राख्दै नयाँ कार्य समितिलाई दिशा निर्देष गर्नु भएको थियो ।

संस्थाका संरक्षक तथा संविधान सभा सदस्य श्री गणेश प्रसाद बिमलीले संस्थाले विगतमा केहि उल्लेखिय कामहरुको शुरुवात गरी सकेकोले अबका दिनमा यी कामहरुलाई कसरी पूर्णता दिएर जान सकिन्छ भन्ने बारे विचारहरु राख्नु भयो ।
संस्थाका आजीवन सदस्य तथा बिमली वंशावलीका लेखक र सम्पादक श्री रामकुमार बिमलीले संस्थाको विगतमा भएका कामहरुको मूल्यांकन र कमि कमजोरीहरु माथि टिप्पणी गर्दै बिमली वंशावलीको वारेमा नया अपडेट तथा आफ्ना धारणाहरु राख्नु भयो ।
कार्यवाहक कोषाध्यक्ष श्री राम प्रसाद बिमलीले पेश गरेको आर्थिक प्रतिवेदनलाइ हलले पारित गरेको थियो ।
अत्यन्त पारिवारिक माहोलमा सम्पन्न उक्त अधिवेशनले संस्थाको विधानमा केहि संशोधनका प्रस्तावहरुलाई समेत पारित गरेको छ ।
विधानमा भएको केन्द्रिय कार्य समितिको सदस्यहरु वाहेकका माथिल्ला पदहरुमा रहनको लागि कम्तिमा एक कार्यकाल समितिमा रहेको हुनु पर्ने सर्तलाई हटाएर अब २५ वर्ष उमेर पुगेका बिमली समाजका कुनै पनि सचेत सदस्यले समितिमा रहने प्रक्रियामा जान सक्ने भएका छन । त्यस्तै समाजको विधानमा रहेको प्रमुख संरक्षक भन्ने पदलाई समेत हटाईएको छ ।
चुनावी प्रक्रियामा गएर सर्व सम्मत चयन भएका २४ सदस्यहरु भएको नयाँ कार्य समितिले सपथ ग्रहण गरे लगत्तै बसेको पहिलो वैठकले पदभार ग्रहण गरेको, निवर्तमान कार्य समिति र निर्वाचन मण्डललाई धन्यवाद प्रस्ताव पारित गर्दै संस्थाको लागि आवश्यक भएका भनि ३ जना सदस्यहरु थप गरी २७ सदस्यीय समिति बनाएको छ भने अरु ४ जना सदस्यहरुको मनोनयन भई ३१ जनाको केन्द्रिय समितिले पूर्णता पाउने छ ।
नव निर्वाचित कार्यसमितिका पधादिकारीहरुमा अध्यक्ष, श्री युवराज बिमली उपाध्यक्ष, श्री राम प्रसाद बिमली उपाध्यक्ष, श्री डम्बर बिमली, उपाध्यक्ष, श्री ओमकृष्ण बिमली, महासचिव, श्री सरोज बिमली रहनु भएको छ ।
समितिले आगामी बैठकमा आफ्ना भावी कार्यक्रम र जिम्मेवारी लगायतका कुराहरुको तय गर्ने भएको जनाएको छ ।





