प्रतिनिधि सभाको बैठकद्धारा विधेयक २०७९ पारित


६ असार २०७९, सोमबार १९:०३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।

सोमबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले उक्त बिद्येयकलाई पारित गरियोस भन्ने प्रस्तावलाई पारित गरिएको हो । त्यसअघि बैठकमा उक्त बिद्येयकहरुमाथिको छलफलका क्रममा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए । राजस्व सङ्कलनलाई सरल र सहज बनाउनुपर्नेमा त्यसो नभएको भन्दै जनशक्ति बढाएर भए पनि काम गर्न सरकारलाई सुझाव दिएका थिए ।

सांसदहरुले प्रश्नको जवाफ दिदै अर्थमन्त्री जनार्दन शर्माले व्यापार घटाउने उद्देश्य राखेर नै ठूला उद्योगलाई विद्युत् महशुलमा छुट दिइएको बताउनुभयो । आफ्नो उत्पादनमा आधारित उद्योग स्थापनाका लागि सरकारले एउटा पहल गरेको जानकारी दिँदै उहाँले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि ध्यान दिइएको बताउनुभयो । सरकारले करको दरमा केही परिवर्तन गरिएको र सुविधा वृद्धि गरिएको अर्थमन्त्री शर्माको भनाइ छ ।

बैठकमा बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक, २०७९ पेश गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक असार ७ गते दिनको १ बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here