काठमाडौं । राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरुमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ ।
सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । सांसद विष्टले सरकारले दुई तिहाईको बलामा संविधान र कानूनमाथि आक्रमण गरिरहेको जिकिर पनि गर्नु भयो ।
संविधान, कानून र विधि नजानेकाहरुले मुलुकलाई अप्ठयारोमा पार्ने अवस्था रहेको सांसद विष्टको बुझाई थियो । सांसद विष्टले सरकारले अनावश्यक रुपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।






