मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरीने


५ असार २०७९, आईतवार १४:१५ मा प्रकाशित

काठमाडौँ । मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७१ औं मदनजयन्तीका अवसरमा असार २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । एकेडेमीले ८ प्रतियोगिताको तालिका समेत सार्वजनिक गरेको छ ।

खेल तालिका अनुसार भैरहवा दमक, विरगंज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि असार २० गतेसम्म हुनेछ । खुल्ला कलेज स्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ । झापामा रेस्लिङ प्रतियोगिता हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिनुभयो । उहाँले खेल र खेलाडीको बिकासका लागि एकेडेमीले बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

त्यस्तै बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालय स्तरीय बुद्दिचाल, अन्तर कलेज उपत्यका स्तरीय बास्केटबल काठमाडौंमा हुनेछ भने काठमाडौंमा असार १७ देखि १८ सम्म फूल कन्ट्याक्ट कराते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here