नेपाल स्काउटको ७१ औँ स्थापना दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न


५ असार २०७९, आईतवार १३:०१ मा प्रकाशित

मेचीनगर । नेपाल स्काउटको ७१ औँ स्थापना दिवसका अवसरमा आइतबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा स्काउट दिवस मनाउने गरिन्छ । झापाको काँकरभिट्टामा नेपाल स्काउट मेचीनगरले प्रभात फेरि, झण्डोक्तलनसहित संक्षिप्त कोणसभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीसहित नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्वहरु सहभागी कार्यक्रममा काँकरभिट्टा बजारको परिक्रमा, पूर्वीनाकामा झण्डोक्तलन गर्नुका साथै नेपाल स्काउटले विभिन्नक्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । काँकरभिट्टा बजारको प्रभात फेरि पश्चात लक्ष्मीनारायण मन्दिर परिसरमा पुगेर संक्षिप्त कोणसभामा परिण भएको थियो । कार्यक्रमा नेपालको पहिचान झल्किने बसपार्कमा १० फिट र एशियन हाइवेमा ५ तथा काँकरभिट्टा स्वास्थ्य केन्द्रमा ५ फिटको नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो ।

नेपाल स्काउट मेचीनगर संयोजक रीता थापाको अध्यक्षता र स्काउटर दुर्गाबहादुर लुइटेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उद्देश्य सहित नेपाल स्काउटको स्थापना भएको बताएका थिए । विश्वमा स्काउट स्थापना भएको ४५ वर्षपछि मात्र नेपालमा स्काउटिङ शिक्षाले पाईला टेकेको सहभागीको भनाई थियो ।

स्काउटिङले शैक्षिक गतिविधि र्माफत विद्यार्थीहरूलाई देशभक्त र बफदार बनाउँने, धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शिक्षण संस्थानमा आधारित शैक्षिक आन्दोलनकै रूप स्काउट रहेको सहभागीको भनाई थियो । नेपालमा विस्तारै विभिन्न स्कुलहरूमा पनि स्काउट दलहरू स्थापना हुँदै स्काउट शिक्षा फैंलिदै गएको उहाँहरुको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक भुवन सुब्बा खरेल, सहायक राष्ट्रिय प्रशिक्षक मीना कट्वाल, भगिरथ राई, स्काउटर गीता मगरलगयातले स्काउटको महत्व तथा नेपाल स्काउटले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here