सुनको भाउ आज ३ सय रुपैयाँले घट्यो


५ असार २०७९, आईतवार १२:२९ मा प्रकाशित

काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here