झापा गाउँपालिकामा चेम्बर अफ कमर्स गठन गरिएको छ । शनिबार आयोजित व्यवसायीहरुको भेलाले चेम्बर अफ कमर्स झापा गाउँपालिकामा नयाँ समिति निर्माण गरेको हो ।
चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम कृष्ण विमलीको प्रमुख आतिथ्यतामा झापा बजारमा आयोजित भेलाले चेम्बर अफ कमर्स गठन गरेको हो । भेलाले चेमरको अध्यक्षमा राजेन्द्र प्रसाद अग्रवाललाई चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मी गणेश र सावित्र वर्मन चयन हुनु भएको छ । चेम्बर अफ कमर्स झापा गाउँपालिका सचिवमा मोहन मिश्र चयन हुनु भएको छ भने सहसचिवमा पशुपति गणेश चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्षमा विकाश अग्रवाल चयन हुनु भएको छ ।
चेम्बर अफ कमर्स झापा गाउँपालिका सदस्यहरुमा दिलिप सिंह राजपुत, निमर्ला खड्का, भरत राजवंशी, वशन्ति गणेश, मदन ओली, भद्रदेव यादव, बिष्णु प्रसाद गनगाई, छत्र पाण्डे र केशव खत्री लाई चयन गरिएको छ ।
झापा गाउँपालिकामा नयाँ समिति गठन गर्ने भेलामा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम कृष्ण विमली, उपाध्यक्ष याम विमली, चेम्बरका कनकाई अध्यक्ष मिनाल तिम्सिना, प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।





