पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी : प्रचण्ड


५ असार २०७९, आईतवार १२:०२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गर्नुभएको हो ।

प्रचण्डले एकताको बिभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिव करिव पूर्व माओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राख्नुभयो । उहाँले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छकि भन्ने खेलमा लागेको बताउनुभयो ।

प्रचण्डले कर्मचारीहरुले राखेका बिषयहरुलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here