मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पेस्तोल बरामद


५ असार २०७९, आईतवार ११:४७ मा प्रकाशित

मोरङ । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका ६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट १ थान पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो ।

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुले संगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here