अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ


५ असार २०७९, आईतवार ११:४२ मा प्रकाशित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ५ बाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो । पसलबाट गाँजा बरामद भएसंगै संचालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here