पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु


५ असार २०७९, आईतवार ११:३५ मा प्रकाशित

मोरङ । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका ४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी मोरङकै रतुवामाई नगरपालिका १ मुस्लिमटोल बस्ने साकिर आलमका २ बर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here