झापा । भुटानी शरणार्थीको स्वास्थ्य सेवाका लागि जीवन समर्पित गर्नु भएका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन भएको छ। ७२ बर्षको उमेरमा उहाँको निधन भएको हो।
लामो समय उहाँ विभिन्न रोगले ग्रसित हुनुहुन्थ्यो। उहाँ परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आउनु भएको थियो।
उहाँमा रगतको कमी हुने मूल समस्या थियो।
उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा उहाँको निधन भएको बताइएको छ। अवस्था जटिल बन्दै गएपछि दमकको लाइफलाइन अस्पतालबाट उहाँलाई बिराटनगर रेफर गरिएको थियो।
उहाँ भुटानको पहिलो शल्य चिकित्सक हुनुहुन्थ्यो।
भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उहाँ पनि उनीहरूसंगै नेपाल आउनु भएको थियो।
जीवनभर उहाँले शरणार्थी निशूल्क उपचार गर्दै आउनु भएको थियो।





