बिर्तामोड । गायक राजेशपायल राई र गायिका तारा दुलालको आवाजमा रहेको गीत ‘छुक्क छुक्क’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाल चलचित्रकर्मी संघले बिर्तामोडमा आयोजना गरेको चलचित्र र चलचित्र विषयक अन्तक्रिर्या कार्यक्रमका विच ‘छुक्क छुक्क’ म्युजिक भिडियो विमोचन गरीएको हो । कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको हातबाट भिडियो विमोचन गरीएको हो । नेपाल चलचित्रकर्मी संघले चलचित्रसंगसंगै पर्यटन प्रर्वद्वनमा समेत काम गर्दै आएको छ ।
नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङ्गको निर्देशनमा तयार पारीएको यस भिडियोलाई झापा,इलामका विभिन्न पर्यटकिय स्थलहरुमा छायांकन गरीएको हो । भिडियोमा पुष्प खड्का,अनुजा लेप्चा,रोहन सेन,मुना प्रसाई,राकेश कमेडी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई सौरभ तामाङ्ग र रविना तामाङको कोरीयोग्राफी गरेका छन् । भिडियोमा सुमन तामाङको छायाङ्कन र हेमन तामाङको सम्पादन रहेको छ । भिडियोमा सोम मग्राती र पिंकु तामाङको श्रृङ्गार रहेको छ । गीतकार जयराम राईको शव्दमा रहेको ‘छुक्क छुक्क’मा तोरेङ्गा हाङ्गको संगीत छ । म्युजिक भिडियोलाई शनिबार नै युट्युवबाट समेत सार्वजनिक गरीएको छ । भिडियोलाई वासु दुलालले लगानी गर्नु भएको हो ।
चलचित्र र चलचित्र विषयक अन्र्तक्रिया कार्यक्रम तथा म्युजिक भिडियो विमोचन कार्यक्रममा साहित्यकार मातृका संग्रौला,भगवती ढुंगेल राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हिमा भण्डारी,नेपाल चलचित्रकर्मी संघकी उपाध्यक्ष मुना पौडेल लगायतको उपस्थिति रहेको थियो ।