दुर्गा प्रसाईंले पाएको ‘सुनको लौरो’ उपहारको वास्तविकता के हो ?


४ असार २०७९, शनिबार १९:०९ मा प्रकाशित

झापा । युएईका राजकुमार जुमाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपहारस्वरुप दिएको लौरो सुनको नभएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनु भएको छ।

तीन दिने भ्रमणका लागि नेपाल आएका युएईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको समाचार धेरै अनलाइनहरूले लेखेका थिए।

उक्त समाचार मिडियामा आएपछि ‘साँच्चै सुनै लौरो हो?’ भनेर जिज्ञासा राख्दा बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले ‘हामी त भूँडी मिचेर हाँसिरहेका छौं’ भनेर जवाफ दिनुभयो।

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमार जुमाले दुर्गा प्रसाईंलाई विमानस्थलमै सुनजस्तै पहेंलो लौरो उपहार दिनुभएको थियो।

गिरीले भन्नुभयो, ‘उपहार हो। उहाँहरू कतै जाँदा आफ्ना हितैसीलाई उपहार दिने चलन रहेछ। त्यसैले त्यो पहेंलो लौरो राजकुमारले दुर्गा सरलाई उपहार दिनु भएको हो।’

पहेंलो सुनजस्तै देखिने भए पनि त्यो लौरो सुनको नभएको गिरीको भनाइ छ। उहाँले भन्नुभयो, ‘त्यो लौरो प्लाटिनम कोटेड हो। मूर्तिमा लगाइने पहेंलो सुनजस्तै देखिने धातुले बनेको हो।’

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here