भारतीय लोकसभा चुनावको मतगणना आज हुँदै


९ जेष्ठ २०७६, बिहीबार ०७:३५ मा प्रकाशित

भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो ।

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

बिहीबार ८ हजार ४९ उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बहुमत आउने देखिएको छ । तर यसमा कुनै पनि सत्यता नभएको विपक्षी पार्टी कांग्रेसले बताउँदै  छ ।

चुनावमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सीट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड योग्य मतदाता थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here