मोरङको रतुवामाईमा अस्पताल निर्माण हुने


८ जेष्ठ २०७६, बुधबार २०:२८ मा प्रकाशित

मोरङ ।  रतुवामाई नगरपालीका ६ सौठामा आँखा,नाक, कान र घाँटी रोग उपचारका लागी अस्पताल निर्माण हुने भएको छ ।

बुधवार एक कार्यक्रम विच रतुवामाई नगरपालीकाका मेयर रविन राईले अस्पताल भवनको शिलान्यास गर्नु भएको छ ।वि.पी. नेत्र प्रतिष्ठान काठमाडौंको ३० लाख सहयोगमा ५ कोठे अस्पताल भवन निर्माण हुने भएको हो ।

अस्पताल निर्माणका लागी स्थानीय समाजसेवी विनोद थापा, सागरमणी कोइराला,प्रकाश पौडेल,हर्क बहादुर बस्नेत र खगेन्द्र भट्टराईले १६ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो ।स्थानीय सहित दक्षिण पुर्वी मोरङका विरामीहरुलाई लक्षीत गरी निर्माण थालिएको अस्पताल भवन आउँदो पौष भित्रमा निर्माण कार्य सम्पन्न गरिने वि.पी. नेत्र प्रतिष्ठान व्यवस्थापन समितिका संयोजक खड्ग चोङवाङ्गले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागी रतुवामाई नगरपालीकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here