थप १६ जनामा कोरोना संक्रमण पुष्टि


२ असार २०७९, बिहीबार १७:५७ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३८ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ६२ जना निको भएका छन् । हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here