जीवन मरणको लडाइँ जितेर आएको एमालेका अध्यक्ष ओलीको भनाई


२ असार २०७९, बिहीबार १५:१२ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनबाट पार्टीले जीवन मरणको लडाइँ जितेर आएको बताउनु भएको छ ।

स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उहाँले एमालेले सबैभन्दा बढी लोकप्रिय मत पाएको बताउनु भएको छ ।

गठबन्धनका नाममा बनेको तानाशाहीविरुद्ध बलियो प्रतिरोध गरेको उहाँको बताउदै ‘राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई एमालेले पराजित गरेका छौँ,’ ओलीले दावी गर्नु भयो ।

ओलीले पार्र्टीमा निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्ष सक्षम बन्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
‘आफ्नो कार्यकाल पूरा गर्दा आफ्नो हाईहाइ हुने गरी काम गर्नुहोला पाँच वर्षको

कार्यकाल पूरा गर्दा तपाईंहरुको नाम हाइहाइ होस,’ भन्दैे आलोचना सुन्न नपरोस, प्रशंसा होस भन्दै राम्रा काम गर्न निर्देशन दिनु भएको थियो ।
स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमूना बनी देखाउन, जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउन सधैँ तत्पर लाग्न आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here