एमालेले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै


२ असार २०७९, बिहीबार ०९:४३ मा प्रकाशित

काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा एमालेले आज र भोलि प्रशिक्षण दिने भएको छ।

आफ्नो पार्टीबाट उम्मेदवार भइ स्थानीय तहको चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको हो।

राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै एमालेले आग्रह गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here