काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थीत एमसीएको कार्यालय अगाडी प्रदर्शन गरेको छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित कमलादी पुगेर एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, गो व्याक एमसीसी लगाएतका नारा लगाएका थिए ।
प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य माइला लामाले नेपालमा एमसीसी अघि बढेपछि अमेरिकाको हस्तक्षेप बढेको आरोप लगाउनुभयो । उहाले बिभिन्न बहानामा अहिले पनि सरकारले अमेरिकासंग सैन्यसम्बन्धी सम्झौता गर्न लागेको आशंका व्यक्त गर्नुभयो ।
नेकपाले अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने भन्दै नेपाललाई युक्रेन बन्न नदिने जनाएको छ ।





