काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन निर्देशन दिनु भएको छ।
माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उहाँमाथि राजीनामा गर्न दबाब बढेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई आफ्नै निवास खुमलटारमा बोलाएर तत्काल राजीनामा गर्न दबाब दिनु भएको हो।
अर्थमन्त्री शर्मालाई अध्यक्ष दाहालले करिब २ घन्टासम्म यसबारे ‘केरकार’ गरेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।
करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करलाई एक पूर्वनासु रघुनाथ घिमिरेको निर्देशन मान्न भनेका अर्थमन्त्री जनार्दन शर्माले विज्ञ र सरोकारवालाहरुलाई बेवास्ता गरेको अध्यक्ष दाहालको मूल्यांकन छ।
अर्थतन्त्र संकटमा परेका बेला अर्थमन्त्री शर्माले जथाभावी काम गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेका बेला अध्यक्ष दाहालले उनलाई राजीनामा गर्न निर्देशन दिनुभएको हो।





