आज सुनको भाउ ३ सय रुपैयाँले घट्यो सूर्योदय संवाददाता ३० जेष्ठ २०७९, सोमबार १२:१६ मा प्रकाशित काठमाडौँँ । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।